उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम समापन

काठमाण्डु – सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा सञ्चालन भएको ११औँ संस्करणको ’उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम’ मंगलबार समापन भएको छ । गत चैत १ गतेदेखि सुरु भएको विशेष तालिम १८ दिनसम्म सञ्चालन भएको हो । रक्षा मन्त्रालयको आयोजनामा सञ्चालित तालिममा विभिन्न मन्त्रालय, विश्वविद्यालय, सञ्चार जगत् तथा सुरक्षा निकायका गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको…