काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना तिरेका छन्। २०७९ मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उठेर खर्च विवरण सार्वजनिक नगर्ने २४ सय ३५ उम्मेदवारमध्ये गगन पनि एक थिए। काठमाण्डु क्षेत्र नम्बर ४ मा नेकपा एमालेका डा. राजन भट्टराईलाई हराउँदै प्रतिनिधिसभामा पुगेका थापाले आयोगले तोकेअनुसारको जरिवाना बिहीबार…