वीरगञ्ज – पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरमा १ युवक मृत अवस्थामा फेला परेका छन् । शुक्रबार बिहान गाउँपालिकाको टिहुनी झलमहिया–भिष्ण सडकखण्डमा अवस्थित वडा कार्यालयभन्दा करीब १०० मिटर पश्चिमतर्फको पुलनजिकै जयमंगलापुरका २७ वर्षीय रमेश साह कानु मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार कानुले चलाएको भारतीय…