काठमाण्डु- नेपाल राष्ट्र बैंकले सार्वजनकि गरेको मौद्रिक नीतिपछि पनि शेयर बजारले लय समात्न सकेको छैन । सोमबारको करोबारमा २६.६६ अंकले घटेको नेप्से मंगलबार पनि उच्च अंकले घटेर बन्द भएको हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार ३६.१९ अंकले घटेर दुई हजार एक सय ६४ दशमलब ३१ विन्दुमा बन्द भएको हो…