काठमाण्डु - बालुवाटारस्थित ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। ललितानिवासको जग्गा हिनामिना प्रकरणमा जोडिएर नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई सोमबार पक्राउ गरेको हो । उनीहरुलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको सीआइबीले जनाएकाे छ। योसहित ललिता प्रकरणमा पक्राउ…