अझै भेटिएनन् आइतबार सामाखुशीकाे बाढीमा बगेका साजन मगर


काठमाण्डु – काठमाडौंको सामाखुसीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको छ । काठमाडौं महानगरपालिका–३ रानीबारीस्थित सामाखुसी खोलाको बाढीले बगाउँदा आइतबार साँझ १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए ।

उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक अनिल अधिकारीले जानकारी दिएका थिए ।

सामाखुसीमा बस्दै आएका मगर पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ मा अध्ययनरत थिए । विद्यालयबाट फर्किएपछि उनी साँझ खेल्न निस्केका थिए । मगरको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीले खोजी गरिरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement