काठमाडौं- भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार भारत, मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रका अवलोकन गरेका छन्। सो क्रममा इन्दोर नगर निगमको प्रमुख कार्यकारी अधिृकत हर्षिका सिंहले फोहर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराएकी थिइन्। उनले स्रोतबाट नै ६ भागमा विभाजन गरेर फोहरको व्यवस्थापन हुँदै आएको बताइन्। कुल एक अर्ब ५० करोड भारतीय रुपैयाँ…