‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ २१ जिल्लामा सञ्चालन

काठमाण्डु- सातवटै प्रदेश मातहतका २१ वटा जिल्लाहरूमा ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ साेमबारबाट सञ्चालनमा आएको छ । सवारी नियम उल्लंघन कसुरहरूको जरिवानाबापत राजश्व संकलनलाई प्रदेशगत रूपमा बैंकिङ प्रणालीमा जोड्ने योजना अनुरूप उक्त सिस्टम सञ्चालन गरिएको हो । उक्त सिस्टम कोशी प्रदेशअन्तर्गतका सुनसरी, मोरङ र झापा, मधेश प्रदेशअन्तर्गतका सिरहा, पर्सा र महोत्तरी, बागमती प्रदेश अन्तर्गतका सिन्धुली,…