काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । संसद्मा प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाको राजीनामा मागिएको बेला रास्वपा सभापति लामिछाने प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उपसभामुख इन्दिरा रानाले संसद् सचिवालय समेतलाई थाहा नदिई पदीय दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई पत्र…