बागमती प्रदेशमा स्वास्थ्य सुधार नीति ल्याउने : मुख्यमन्त्री जम्कट्टेल

हेटौँडा - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हरेक मन्त्रालयका नीति नागरिकको स्वास्थ्य सुधार हुने खालको हुनुपर्ने बताएका छन्। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा यहाँ आयोजित ‘स्वास्थ्य सबै नीतिमा’ विषयक कार्यशाला गोष्ठीमा उनले हरेक पूर्वाधार निर्माण स्वास्थ्य क्षेत्रको सुधारका लागि लक्षित हुनुपर्ने बताए। मुख्यमन्त्री जम्कट्टेलले स्वास्थ्य सबै नीतिमा भन्ने अवधारणाले प्रदेशको स्वास्थ्य अवस्था सुधारमा टेवा पुग्ने बताए।…