बझाङ हिमपहिरो अपडेट : एकको शव भेटियो, अझै दुई जना बेपत्ता

बझाङ - बझाङमा हिमपहिरोमा परेर बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ । सुर्मा गाउँपालिका–३ घर भएर यार्सागुम्बा संकलन गर्न गएकी रमादेवी भनिने रामकोइलादेवी बोहराको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले जानकारी दिएका छन् । घटनास्थलतर्फ गएको प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली त्यहाँ नपुगे पनि स्थानीय बासिन्दाले…