किमाथांका - संखुवासभाको चैनपुर नगरपालिका–९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन्। आज बिहान चैनपुर–९ खाम्लिङका मनबहादुर तामाङका चार जना छोराछोरी अचेत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए। मनबहादुरका छोरा ९ वर्षीय मनधोज, ८ वर्षीय राजेन्द्र, ५ वर्षीय निमसाङ र छोरी ३ वर्षीया सुपरिना घरनजिकै अचेत अवस्थामा…