चीनले बीआरआई देशहरूका लागि उच्चस्तरीय आईपी सम्मेलन आयोजना गर्ने

काठमाण्डु – चीनले सेप्टेम्बर ११ देखि १३ सम्म ‘बेल्ट एण्ड रोड’मा रहेका देशहरूका लागि बौद्धिक सम्पत्ति (आईपी) सम्बन्धी तेस्रो उच्चस्तरीय सम्मेलन बेइजिङमा आयोजना गर्ने भएको छ । चाइना नेसनल इन्टेलेक्चुअल प्रोपर्टी एडमिनिस्ट्रेसन (सीएनआईपीए) का अनुसार यस सम्मेलनले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) साझेदार देशका लगभग ७० आईपी संस्थाहरूका साथै अन्तर्राष्ट्रिय र क्षेत्रीय संस्थाका प्रमुखहरूलाई निमन्त्रणा…