काठमाण्डु – बाढी र पहिरोको प्रकोप देखिने तीन जिल्ला २० दिनदेखि प्रमुख जिल्ला अधिकारीवीहिन छन् । ३१ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले एकै पटक ५९ सहसचिवको सरुवा गर्दा तीन जिल्ला सिन्धुपाल्चोक, सिन्धुली र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीहरू गृह मन्त्रालयबाट अन्य मन्त्रालयमा सरुवा भएका थिए । सिन्धुपाल्चोकका प्रजिअ भुपेन्द्र थापाको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, सिन्धुलीका…