काभ्रेपलाञ्चोक-काभ्रेमा दुई छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । आइतवार करेन्ट लागेर घाइते भएका एकजना मजदुर र मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक वृद्धको उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । पनौती नगरपालिका–६ स्थित निर्माणाधीन नेपाल प्रहरी प्रतिष्ठानको भवनमा ढलान गर्ने क्रममा करेन्ट लागेर सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–१ का २०…