राप्रपाले भ्रष्टाचार आरोपी विक्रम पाण्डेलाई पठायो लेखा समितिमा

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भ्रष्टाचार आरोपी विक्रम पाण्डेलाई लेखा समितिमा सिफरिस गरेको छ। भ्रष्टाचारप्रति सार्वजनिक रुपमै कडा नीति लिएको बताउने राप्रपाले संसदको सार्वजनिक लेखा समितिमा स्वार्थ बाझिने पाण्डेलाई सिफारिस गरेको हो। लेखा समितिले राज्यको सार्वजनिक लेखाबारे महालेखा परीक्षकको प्रतिवेदनमाथि छलफल गरेर सरकार र भ्रष्टाचारबारे छानविन एवं अभियोजन गर्न अख्तियारलाई निर्देशन दिने अधिकार पाएको…