काठमाण्डु- आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा ६६ को उपधारा २ बमोजिम स्वीकृति प्रदान गरेका हुन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘प्रधानमन्त्रीज्यूको पत्रको आधारमा वैशाख १० गते हुने उपनिर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको…