प्रतिनिधिसभा बैठक साेमबार ११ बजेसम्मका लागि स्थगित

काठमाण्डु - प्रतिपक्ष दलहरुको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको साेमबार बस्ने भएको छ । संसद सचिवालयका सचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै सोमबार ११ बजे बस्ने बताएका छन् । आजको बैठकमा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको भन्दै विरोध गरेका थिए ।