काठमाण्डु- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याज पीडितका समस्या समाधानका लागि संयुक्त रूपमा लड्न आह्वान गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री यादवले आन्दोलन मधेशबाट उठेपनि देशकै समस्या भएको उल्लेख गरेका हुन् । उनले एकातिर बैंकले ऋण नदिने, दिएपनि चर्को ब्याज लगाउने अर्कोतिर साहुहरूको अत्याचार द्रव्य पिवाशी प्रवृत्ति देखिएकोमा चिन्ता व्यक्त गरेका छन् ।…