मिटरब्याज पीडितलाई प्रधानमन्त्री प्रचण्डको आश्वासन: समस्याको समाधान गरेरै छोड्छु

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मिटरब्याजी पीडितले छलफल गरेका छन् । काठमाण्डु आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितसँग छलफल गर्न प्रधानमन्त्री दाहालले भेट्न बोलाएपछि आज बिहानै उनीहरु सरकारी निवास बालुवाटर पुगेका हुन् । उक्त भेटवार्तामा प्रधानमन्त्री दाहालले मिटरब्याज समस्याको समाधान जटिल रहेपछि किनारा लाएरै छोड्ने आश्वासन दिए । ‘न्याय दिन हामीले ऐन संशोधनको प्रक्रिया सुरु गरिसकेका…