मिटरब्याज पीडितलाई प्रधानमन्त्री प्रचण्डको आश्वासन: समस्याको समाधान गरेरै छोड्छु


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मिटरब्याजी पीडितले छलफल गरेका छन् ।

काठमाण्डु आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितसँग छलफल गर्न प्रधानमन्त्री दाहालले भेट्न बोलाएपछि आज बिहानै उनीहरु सरकारी निवास बालुवाटर पुगेका हुन् ।

उक्त भेटवार्तामा प्रधानमन्त्री दाहालले मिटरब्याज समस्याको समाधान जटिल रहेपछि किनारा लाएरै छोड्ने आश्वासन दिए । ‘न्याय दिन हामीले ऐन संशोधनको प्रक्रिया सुरु गरिसकेका छौँ । त्यो ऐनलाई प्रभावकारी बनाउन के गर्न सकिन्छ भन्नेबारे तपाईँहरूको सुझावको अपेक्षा गरेको छुु, ’ पीडितसँग प्रचण्डले भने ।

सरकारले न्याय माग्न काठमाण्डु आएका पीडितसँग वार्ता गर्नका लागि समिति बनाएको छ । बुधबार गृहमन्त्रालयले पीडितसँग वार्ता गर्न वार्ता समिति बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement