सरकार महिलाप्रति उदार छ भन्ने देखियो : मुख्यसचिव गड्तौला

काठमाण्डु – नेपाल सरकारले कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई सरकारले बिहीबार मुख्यसचिवमा नियुक्त गरेको छ । मुलुकको प्रशासनिक इतिहासमा उनी नै प्रथम महिला मुख्यसचिव बन्न सफल भएकी छन् । वर्तमान सरकारले नै उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो । विक्रम संवत् २०२३ भदौ १५ गते तेह्रथुममा जन्मिएकी गड्तौला विक्रम संवत् २०५२…