पाँच लाख नक्कली नोटसहित तीनजना पक्राउ

बाँके - बाँकेको नेपालगञ्जबाट करिब पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर-२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो । नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेका तीन जनालाई मंगलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो । बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११…