भ्रष्टाचार मुद्दामा गोदावरी नगरपालिकाका प्रमुख र उपप्रमुखले पाए सफाइ

काठमाण्डु - भ्रष्टाचार मुद्दामा ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारीसहितका सबैले सफाइ पाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष २१ जेठमा दर्ता गरेका पाँच मुद्दामा विशेष अदालतले बुधबार फैसला गर्दै सफाइ दिएको हो । मुद्दामा आर्थिक वर्ष ०७५ ७६ देखि नै वार्षिक रूपमा राजस्व हिनामिना गरेको अभियोग लगाइएको थियो। सबै मुद्दामा…