कावासोती - नारायणी नदीको उत्तरी भंगालोमा पानीको बहाव कम हुँदै गएपछि नवलपुर तर्फबाट चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षा चुनौती बढ्ने भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन्। चितवनको नारायणघाटस्थित नारायणीको पुलेखि केही किलोमिटर तल शिख्रौलीघाटबाट नारायणी दुई भंगालोमा बाँडिएर बगेको छ। नवलपुरतर्फ बग्ने भंगालोलाई उत्तरी र चितवनतर्फ बग्ने भंगालोलाई दक्षिणी भंगालो भन्ने गरिन्छ। यति बेला नारायणीको पानी अधिकांश…