बलात्कार मुद्दामा जन्मकैदको फैसला

दमौली - नाबालिका बलात्कारको अभियोगमा तनहुँ अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो । नाबालिकालाई बलात्कार गरेको अभियोगमा बिहीबार आरोपितलाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । मुद्दाको संवेदनशीलताका कारण पीडकको नाम खुलाउन नमिल्ने उनले…