काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयको प्रशंसा गरेका छन् । ८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने नेपाल सरकारका मुख्यसचिव एवं समितिका संयोजक शंकरदास बैरागीको नेतृत्वमा रहेको सूचना वर्गीकरण समितिले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्ने प्रधानमन्त्री प्रचण्डको निर्णयको थापाले प्रशंसा गरेका हुन् । उनले निर्णय गर्ने क्रममा भएका त्रुटिलाई स्वीकारी सरकारले…