मिटरब्याज पीडितका माग समेट्न गृहले बनायो वार्ता समिति

काठमाण्डु - मिटरब्याज पीडितहरूसँग वार्ता गर्न गृह मन्त्रालयले शुक्रबार वार्ता समिति गठन गरेको छ । सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति बनाएको हो । ५ सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी तथा प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन् । गृह मन्त्रालयको उपसचिव दिलकुमार तामाङ सदस्य सचिव छन् ।…