विद्यालयले तोकिएको ठाउँमा पोशाक र किताब किन्न बाध्य पार्नु दण्डनीय : मेयर बालेन

काठमाण्डु - काठमाण्डु महानगरपालिकाले विद्यालयबाट नै पोशाक र पाठ्यपुस्तक किन्न बाध्य पार्नेलाई कारवाही गरिने बताएकाे छ। महानगरले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार काम गर्न नगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई परिपत्र गरिसकेको छ। विद्यालय आफैले पाठ्यपुस्तक, स्टेशनरी विक्री गर्न नपाउने, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमूना विद्यार्थीहरुलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद…