यी चार अस्पतालमा हुन्छ एसिड पीडितको निःशुल्क उपचार

काठमाण्डु- सरकारले एसिड आक्रमणमा परेका पीडितलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारले एसिड आक्रमणमा परेकालाई चार अस्पतालबाट निःशुल्क उपचारको व्यवस्था गरिएको बताए । उनका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल (पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान) र कीर्तिपुर अस्पतालबाट निःशुल्क उपचारको व्यवस्था गरिएको छ ।…