काठमाण्डु - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआजा एवं दर्शन गरेका छन्।उनले शुक्रबार बिहान पशुपतिनाथ मन्दिर पुगी पूजाआजा गरेर प्रसाद ग्रहण गरेका हुन्। पशुपतिनाथको दर्शनअघि नवनिर्वाचित राष्ट्रपति पौडेलले गुहेश्वरी मन्दिरमा पूजा गरेका थिए। पूजा सकेर उनी शुक्रबार नै सुन्दरीजलस्थित बीपी सङ्ग्रहालय जाने कार्यक्रम छ।त्यहाँ उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायत…