सात हजार बन्दीलाई आममाफीको घोषणा

एजेन्सी -  म्यान्माको सैनिक सरकारले बुधबार स्वतन्त्रता दिवस मनाउन सात हजार १२ जना बन्दीलाई आममाफी दिने घोषणा गरेको छ । प्रजातान्त्रीक नेत्री आङ सान सुचीको जेल सजायलाई ३३ वर्षमा पु¥याएको केही दिनपछि यस्तो घोषणा भएको हो । सेनाले सत्ता कब्जा गरेको करिब दुई वर्षपछि दक्षिणपूर्वी एसियाली यो देशमा सरकारी सेना र विद्रोहीबीच द्वन्द्व जारी छ…