‘भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्छु’

काठमाण्डु- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्ने बताएका छन् । मुख्यमन्त्रीको गृहनगर कैलाली जिल्लाको लम्कीमा नेपाली कांग्रेस लम्की चुहा नगरसमितिले आयोजना गरेको नेता तथा कार्यकर्तासँग मुख्यमन्त्रीको भेटघाट एवं बधाई कार्यक्रममा उनले संघीयतालाई बलियो बनाउन आफू प्रतिबद्ध रहेको बताए । अहिले जनप्रतिनिधिको गतिविधिका कारण संघीय संरचनाप्रति नै जनताको विश्वास…