काठमाण्डु महानगरले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने

काठमाण्डु- मुलुकभरका स्थानीय तहको सहभागिता गराउने उद्देश्यसहित काठमाण्डु महानगरपालिकाले आगामी चैत २४ र २५ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ । स्थानीय तहमा न्याय सम्पादनको अनुभव आदान-प्रदान गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको कामपाका उपप्रमुख एवं न्यायिक समिति संयोजक सुनिता डङ्गोलले जानकारी दिइन् । काठमाण्डुमा हुने सम्मेलनमा देशभरका सबै स्थानीय तहलाई आमन्त्रण…