युगान्डामाथि अफगानिस्तानको १२५ रनको जित

गुयाना – टी–२० विश्वकपमा अफगानिस्तानले युगान्डालाई १ सय २५ रनले हराएको छ । मंगलबार बिहान प्रोभिडेन्स रंगशालामा भएको समूह सी अन्तरगतको खेलमा १ सय ८४ रनको लक्ष्य पछ्याएको युगान्डाले १६ ओभरमा अलआउट हुँदै ५८ रन मात्र बनाउन सक्यो । युगान्डाका लागि रोबिनसन ओबुयाले २५ बलमा १४, रियाजत अली शाहले ३४ बलमा ११ रन बनाए ।…