यी हुन् राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि सरकारले तोकेका स्थान

काठमाण्डु- उपत्यका बाहिर स्थायी ठेगाना भई हाल राजधानीमा बसोबास गरिरहेका नागरिकहरूका लागि सरकारले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने स्थान तोकेको छ । आइतबार एक सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले उपत्यका बाहिर स्थायी ठेगाना भई हाल राजधानीमा बसोबास गरिरहेका नागरिकहरूका लागि सोमबारबाट नारायणहिटी दरबार संग्रहालय परिसरमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्नसक्ने जनाएको छ…