पोखरा – गोर्खा सैनिकको माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले ६ महिने ‘अल्टिमेटम’ दिएको छ । आज शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर गेसोले ६ महिनाभित्र मन्त्रिस्तरीय वार्ताबाट सबै गोर्खा संघसंस्थाको सहभागितामा गोर्खा सैनिकको समस्या समाधान गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको छ । गत बिहीबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर गेसोका…