काठमाण्डु- रौतहटमा एक मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको छ । परोहा नगरपालिका-९ स्थित शिव मनी ट्रान्सफरका सञ्चालक नितेश साहमाथि शुक्रबार गोली प्रहार भएको हो । शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित तीन जना लुटेराहरूले साहलाई धम्क्याउँदै करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका थिए । लुटपाटका क्रममा साहलाई बैंकबाट बाहिर निकालेर उनीहरुले गोली प्रहार गरेका हुन् ।…