काठमाण्डु - प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाले हिन्दूहरूको महान् चाड छठ पर्वको अवसरमा आज अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरेकी छन् । जनकपुरधामस्थित गङ्गासागर पोखरीमा आयोजित छठ पूजा कार्यक्रममा देउवाले आज दिउँसो ४ बजे अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरेकी हुन् । सो अवसरमा उनले छठ पूजासमेत गरिन् । जनकपुरधामलाई छठ पर्वका लागि…