सहिद विजय चौधरीको परिवारलाई संघीय र स्थानीय सरकारको सहयोग

सिरहा – जेनजी आन्दोलनका क्रममा काठमाण्डुमा प्रहरीको गोली लागेर ज्यान गुमाएका लहान नगरपालिका–१५ सिमलटोकीका विजय चौधरीलाई संघीय सरकारले सहिद घोषणा गरेको छ भने स्थानीय लहान नगरपालिकाले पनि उनको परिवारलाई राहत, शिक्षा र रोजगारीको प्याकेज घोषणा गरेको छ । लहान नगरपालिकाले सहिद चौधरीको परिवारलाई तत्कालका लागि १ लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।…