चुनावका लागि तयार रहेको भन्दै कांग्रेसले प्रधानमन्त्रीसँग भन्यो- शीर्ष नेतासँग तत्काल सम्वाद गर्नुहोस्

काठमाण्डु- कांग्रेसले प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख दलका शीर्ष नेताहरूसँग संवाद गर्नुपर्ने बताएको छ । सोमबार सिंहदरबारमा बसेको निर्वाचन सम्बन्धी सर्वपक्षीय बैठकमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले तत्काल प्रमुख दलका शीर्ष नेताहरूसँग संवाद गर्नुपर्ने बताएका हुन् । उनले राजनीतिक दल र त्यसका नेताहरूमाथि दुश्मनी साँधेर निर्वाचन सम्पन्न गराउन नसकिने भएकाले प्रधानमन्त्रीले त्यसका लागि आवश्यक वातावरण बनाउनका…