काठमाण्डु – उच्च अदालत पाटनले एनसेलको शेयर खरिद–बिक्री भएका कारोबारलाई दर्ता किताबमा दर्ता नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले बिक्री भएका शेयरहरू दर्ता किताबमा दर्ता नगर्न/नगराउन कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरको नाममा बिहीवार अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । अन्तरिम आदेशलाई निरन्तरता दिनुपर्ने या नपर्ने भन्ने विषयमा मंसिर २५…