काठमाण्डु – नेपाल बास्केटबल सङ्घको आयोजनामा पुस ७ गते सोमवारदेखि १२ गतेसम्म ली–निङ बास्केटबल प्रतियोगिता हुने भएको छ । काठमाण्डुको बौद्धमा रहेको डंकमान्डूमा हुने प्रतियोगिता राष्ट्रिय बास्केटबल लिगको छनोट प्रतियोगिता हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । प्रतियोगितामा सहभागी १२ टोलीको प्रतिस्पर्धाबाट ४ टोली राष्ट्रिय बास्केटबल लिगको लागि छनोट हुनेछ । राष्ट्रिय लिगमा…