काठमाण्डु- भरतपुर महानगरपालिका–१२, मिलनचोकमा मृत भेटिएका दुई व्यक्तिका शवको अझै पहिचान हुन सकेको छैन । यही मंसिर ६ गते मध्याह्न करिब १२ बजे मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डको कल्भटमुनि शंकास्पद रूपमा एक महिला र एक पुरुषको शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ७७ वटै जिल्लासहित सीमावर्ती भारतीय जिल्लामा…