काठमाण्डु- एक साताअघि काठमाडौंको नयाँ बानेश्वरमा माओवादी केन्द्रका नेता जनक बर्तौलामाथि आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। करिब २२-२३ वर्षका युवकले उनलाई आइपेक्स मल नजिकै रड प्रहार गरेका थिए। रड प्रहार गरेर आक्रमणकारी भागेका थिए। आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले मेचीनगर–१३ शेर्पाका कैलाश प्रधान, कोहलपुरका आशिस लामिछाने मगर र कोहलपुरकै सेरुबहादुर…