कञ्चनपुरमा चौधर नदीको बाढी बस्ती पस्यो

कञ्चनपुर - चौधर नदीको बाढी कञ्चनपुरको बेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँमा पसेको छ। बाढीले निरन्तर जग्गा कटान गरिरहेको छ। बाढीका कारण बस्ती पूरै जोखिममा छ। स्थानीयवासी सुरक्षित वासस्थानको खोजीमा छन्। सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका छन्। गए राति चौधरको बाढी सडक कटान गरी बस्तीमा पसेको स्थानीयले बताएका छन्। उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा…