चिकित्सा शिक्षा ऐन चाँडै संशोधन हुन्छ: स्वास्थ्यमन्त्री

धुलिखेल - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन चाँडै संशोधन गरिने बताएका छन्। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१० चण्डेनीमण्डन स्वास्थ्यचौकी भवनको शिलान्यास गर्दै उनले आफ्नै मुलुकमा चिकित्सक र नर्स बन्न धेरै रकम तिरेर विदेश जान नपर्ने अवस्था सिर्जना गरिने बताए। “वर्षौदेखि रोकिएको काम अब सुरु गर्छौं”, मन्त्री बस्नेतले भने– “पढाइसँगै रोजगारीको व्यवस्था पनि यहीँ गर्छौं।”…