भूतखोलामा डुबेर १ जनाको मृत्यु

पाल्पा – जिल्लाको भुतखोलामा डुबेर मंगलबार १ जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ दोभान भूतखोलाको पोखरीमा डुबेर सिद्धार्थनगर नगरपालिका–९ बस्ने २२ वर्षीय बिमल आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रुपन्देहीको भैरहवाबाट घुम्न आएका आचार्य र २६ वर्षीय युना दाहाल भूतखोला पोखरीमा अचानक डुबेका र स्थानीयले उद्धार गरी…