काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ९० जनाको परीक्षण गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ३८५ पुगेको छ । आज पुष्टि भएका संक्रमित मध्ये काठमाण्डुमा ८२ जना, ललितपुरमा…