सिरहामा बस दुर्घटना, एक जनाको मृत्यु

सिरहा - सिरहामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २७ जना घाइते भएका छन्। सिरहाको गोलबजार नगरपालिका-९ मारुति सिमेन्ट उद्योग अगाडी राजविराजबाट जनकपुर जाँदै गरेको ना४ख ६१८७ नम्बरको बस शुक्रबार अपरान्ह दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मृतकको परिचय खुल्न सकेको छैन। शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ। घाइतेहरूको गोलबजार, मिर्चैया,…